Logo
Logo

रास्वपाको ऐतिहासिक अग्रता, २५ क्षेत्रको नतिजा आउँदा कुन दल कहाँ विजयी ? (सूचीसहित)


5.4k
Shares

काठमाडौं । गत बिहीबार सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ । निर्वाचन आयोगका अनुसार केही क्षेत्रबाहेक देशभर मतगणना भइरहेको छ । हालसम्म २५ वटा निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भइसकेको छ।

प्रारम्भिक नतिजा अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले १०० भन्दा बढी क्षेत्रमा अग्रता कायम गर्दै १७ सिटमा जित सुनिश्चित गरिसकेको छ । रास्वपाको यो ‘क्रेज’ सँगै पुराना दलहरू कतिपय क्षेत्रमा जमानत जोगाउन समेत संघर्ष गरिरहेका छन् ।

१. राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले जितेका १७ क्षेत्रहरू
धनुषा–३: मनिष झा ४३,१४२ मतका साथ विजयी। उनले कांग्रेसका विमलेन्द्र निधि र एमालेकी जुलीकुमारी महतो जस्ता ‘हेभीवेट’ उम्मेदवारलाई पराजित गरे।

कास्की–३: बिना गुरुङ ३७,७५० मत ल्याएर निर्वाचित। उनले एमालेका दामोदर पौडेल बैरागीलाई हराइन्।

काठमाडौं–१०: प्रदीप विष्ट ३७,४६९ मतसहित विजयी। कांग्रेसका हिमाल कार्की दोस्रो र एमालेका विनोद श्रेष्ठ तेस्रो स्थानमा रहे।

मोरङ–४: सन्तोष राजवंशी ४०,८३३ मतका साथ विजयी। उनले कांग्रेस महामन्त्री गुरुराज घिमिरेलाई २८,०१५ को फराकिलो मतान्तरले पराजित गरे।

कास्की–२: पत्रकारिताबाट राजनीतिमा आएका उत्तमप्रसाद पौडेल ३१,९११ मतसहित निर्वाचित। उनले एमालेका रश्मि आचार्यलाई पराजित गरे।

काठमाडौं–५: वैकल्पिक राजनीतिका अभियन्ता सस्मित पोखरेल विजयी। उनले प्रदीप पौडेल, ईश्वर पोखरेल र कमल थापा जस्ता स्थापित नेताहरूलाई पछि पारे।

काठमाडौं–४: अभियन्ता पुकार बम २९,१८२ मतसहित निर्वाचित। उनले कांग्रेसका सचिन तिमल्सिना र एमालेका राजन भट्टराईलाई पराजित गरे।

काठमाडौं–६: पूर्वमन्त्री शिशिर खनाल २७,७११ मतका साथ पुन: निर्वाचित।

काठमाडौं–८: विराजभक्त श्रेष्ठ २४,५९२ मतका साथ विजयी हुँदै आफ्नो विरासत कायम राख्न सफल भए।

काठमाडौं–३: काठमाडौं महानगरका पूर्व प्रहरी प्रमुख राजुनाथ पाण्डे १८,७५७ मतका साथ विजयी। उनले कुलमान घिसिङलाई पराजित गरे।

काठमाडौं–१: रञ्जु दर्शना १५,४५५ मतसहित विजयी। उनले कांग्रेसका प्रबल थापा र राप्रपाका रवीन्द्र मिश्रलाई हराइन्।

काठमाडौं–९: रास्वपा उपसभापति डोलप्रसाद अर्याल ३५,०९३ मतका साथ फराकिलो अन्तरले विजयी।

मोरङ–६: रुविना आचार्य ५५,५१३ मतका साथ विजयी। उनले कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालालाई पराजित गरिन्।

बाँके–१: सुरेशकुमार चौधरी ३२,७९२ मतका साथ निर्वाचित।

स्याङ्जा–१: धनञ्जय रेग्मी २९,०७१ मतका साथ विजयी।

रुपन्देही–४: कन्हैया बनियाँ २८,०६६ मतसहित निर्वाचित। उनले एमालेका प्रमोदकुमार यादवलाई पराजित गरे।

२. नेपाली कांग्रेस: ५ सिटमा जित
नेपाली कांग्रेसले हालसम्म हिमाली र पहाडी भेगका ५ निर्वाचन क्षेत्रमा जित निकालेको छ:

तेह्रथुम: सन्तोष सुब्बा ११,५६१ मतका साथ विजयी (भानुभक्त ढकाललाई ८८० मतले पराजित गरे)।

दैलेख–१: वासना थापा १२,३७२ मतसहित ऐतिहासिक जित निकाल्दै पहिलो पटक संसद् प्रवेश।

रसुवा–१: मोहन आचार्य १०,६५६ मतका साथ तेस्रो पटक निर्वाचित।

मुस्ताङ–१: योगेश गौचन थकाली ३,३०७ मतका साथ लगातार दोस्रो पटक विजयी।

मनाङ–१: टेकबहादुर गुरुङ तेस्रो पटक निर्वाचित।

३. नेपाली कम्युनिष्ट पार्टी: २ सिटमा जित
हालको नतिजा अनुसार यो पार्टी तेस्रो स्थानमा छ:

रुकुम पूर्व–१: पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ १०,२४० मतका साथ विजयी। पुराना शीर्ष नेताहरूमध्ये जित्ने उनी हालसम्म एक्ला हुन्।

कालिकोट–१: महेन्द्रबहादुर शाही ११,३३६ मतका साथ विजयी।

४. नेकपा एमाले: १ सिटमा जित
बाँके–२: एमालेका लागि पहिलो जित मोहम्मद इश्तियाक राईले दिलाएका छन्। उनी पार्टी प्रवेश गरेलगत्तै यस क्षेत्रबाट निर्वाचित भएका हुन्।

प्रतिक्रिया दिनुहोस्