Logo
Logo

नेपालमा कोरोना : देशभर ३५ हजार ४३५ सक्रिय संक्रमित, ७६ जना भेन्टिलेटरमा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, २२ कार्तिक । शनिबार देशभर थप २७५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोनाको सक्रिय संक्रमित संख्या ३५ हजार ४३५ जना पुगेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार दिएको जानकारी अनुसार हाल देशभर कुल संक्रमित १ लाख ९१ हजार ६३६ जना पुगेका छन् भने निको हुनेको संख्या १ लाख ५५ हजार ११४ जना रहेका छन् । पछिल्लो २४ घण्टामा मात्रै २२०६ जना कोरोना संक्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ ।
यस्तै, काठमाडौं उपत्यकामा १ हजार ५१२ नयाँ संक्रमित थपिएका छन् । संक्रमितमा ६२५ महिला र ८८७ पुरुष रहेका छन् । हाल देशभर ७६ जना भेन्टिलेटरमा रहेको मन्त्राललयले जनाएको छ । यस्तै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १०८७ पुगेको छ । पछिल्लो २४ घण्टामा १७ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । शनिबार १० हजार ४२३ जनाको पीसीआर भएसँगै हालसम्म कुल पीसीआर परीक्षण संख्या १५ लाख २७ हजार ७६६ पुगेको छ । यस्तै हाल देशभर ११४४ जना क्वारेन्टिनमा रहेको पनि मन्त्रालयले जनाएको छ । हाल मनाङ र बाजुराबाहेक अरु सबै जिल्लामा सक्रिय संक्रमित छन् ।

प्रतिक्रिया दिनुहोस्