Logo
Logo

पर्सा-१ मा रास्वपाका पन्त विजयी


189
Shares

काठमाडौं । पर्सा क्षेत्र नम्बर–१ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बुद्धिप्रसाद पन्त (हरि) विजयी भएका छन् ।

The current image has no alternative text. The file name is: parsa.jpg

पन्तले नेकपा एमालेका उम्मेदवार प्रदीप यादवलाई १४ हजार २ सय ४४ मतान्तरले पराजित गरेका हुन् । पन्तले कुल २७ हजार २ सय ७४ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी यादवले १३ हजार ३० मत पाएका छन् ।

यसैगरी नेपाली कांग्रेसका उम्मेदवार अनिल रुंग्टाले ११ हजार ८ सय ८५ मत प्राप्त गरेका छन् । पर्सा क्षेत्र नम्बर-१ मा कुल ८९ हजार ६ सय ३८ मतदाता रहेका थिए । तीमध्ये ६१ हजार ३ सय ६ मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । पन्त २०८१ साल पुसमा रास्वपाको पर्सा जिल्ला सभापति भएका थिए ।

प्रतिक्रिया दिनुहोस्