काठमाडौं । रुपन्देही-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सुलभ खरेल विजयी भएका छन् । उनले ५६ हजार ५ सय ५०मत ल्याएर जित हात पारेका छन् ।

नेकपा एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८ सय ६१ मत मात्र ल्याउन सके । गत निर्वाचनमा उनी यस क्षेत्रबाटै विजयी भएका थिए । त्यस्तै नेपाली कांग्रेसका चुन्नप्रसाद पौडेलले ९ हजार ३ सय ९२ मत ल्याएका छन् ।











