Logo
Logo

डोटीमा कांग्रेसका भरत खड्का विजयी


1k
Shares

काठमाडौं । डोटीबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका भरत खड्का निर्वाचित भएका छन् । उनले १४ हजार ८९७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

The current image has no alternative text. The file name is: bhart.jpg

उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले) का उम्मेदवार तथा अखिलका अध्यक्ष दीपक धामीले १४ हजार ११० मत प्राप्त गरेका छन्। खड्काले धामीलाई ७ सय ८७ मतान्तरले पराजित गरेका हुन् ।

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका नरेन्द्र खड्काले १३ हजार २६० मत प्राप्त गरेका छन् । पहिलो पटक संसदीय निर्वाचनमा होमिएका अखिल अध्यक्ष धामी झिनो मतान्तरले पराजित भएका छन् । विजयी भएका भरत खड्का यसअघि संविधानसभा सदस्य तथा प्रदेशसभा सदस्य समेत भइसकेका अनुभवी नेता हुन् ।

प्रतिक्रिया दिनुहोस्