Logo
Logo

मैले पार्टी फुटाउने प्रस्ताव गरेको छैन, मन्त्रिमण्डल तत्काल पुनर्गठन हुँदैनः प्रधानमन्त्री ओली


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ कात्तिक ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफुले पार्टी फुटाउने प्रस्ताव नराखेको बताएका छन् । त्यससम्बन्धि समाचारहरु झुटो भएको उनको भनाई छ ।


एपिवान टेलिभिजनसँगको अन्तर्वार्तामा उनले पार्टी अलग गराउनेबारेको प्रस्ताव अन्य नेताहरुकै भएको उनको भनाई छ । आफु पार्टी फुटाउने पक्षमा नरहेको उनको भनाई छ । तर, पार्टीभित्र गुटबन्दी गरेर आफुलाई हटाउने प्रयास भइरहेको उनको आरोप छ ।केही मन्त्रीहरु फेरिन सक्ने र प्रधानमन्त्री नफेरिने उनको भनाई छ । मन्त्रिमण्डल पुनर्गठन पनि तत्काल नहुने प्रधानमन्त्रीको भनाई छ ।

आफु नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरणको पक्षमा रहेको ओलीको भनाई छ । प्रधानमन्त्री र अध्यक्ष भइसकेकाहरुले अब नेतृत्वको दाबी छाड्नुपर्ने उनले बताए ।

ओलीले अर्को पक्षले भनेकै समयमा बैठक बस्न नसकिने बताएका छन्।

एपी वानको टक शोमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘जसले जतिबेला भन्छ, त्यतिबेला बैठक बस्न सकिँदैन।’ पार्टी विवाद चुलिएपछि अध्यक्ष प्रचण्डसहित पाँच जना सचिवालय सदस्यले बैठकका लागि पटक पटक आग्रह गरेका छन्।
‘बैठकका लागि दुई अध्यक्षबीच कुरा भएर बोलाउने सहमति भएपछि महासचिवले बैठक बोलाउने हो।’ प्रधानमन्त्री ओलीले भने, ‘एजेण्डा तोकेर,कार्यसूचि तयार गरेर,यीरयी विषयमा छलफल गर्ने निश्चित गरिन्छ र बैठक बसिन्छ।’ कसैले बाटो हिँड्दाहिँड्दै बैठक बोलाउनुस् भनेर बैठक बोलाउने कुरा हुँदैन।’

प्रतिक्रिया दिनुहोस्