Logo
Logo

गुल्मी-२ मा एमाले नेता गोकर्ण विष्टलाई पराजित गर्दै रास्वपाका गोविन्द पन्थी विजयी


1.2k
Shares

काठमाडौं । प्रतिनिधि सभा निर्वाचन २०८२ अन्तर्गत गुल्मी निर्वाचन क्षेत्र नं २ को अन्तिम नतिजा सार्वजनिक भएको छ । प्राप्त अन्तिम मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार गोविन्द पन्थी विजयी भएका छन् ।

The current image has no alternative text. The file name is: panthi.jpg

पन्थीले नेकपा एमालेका प्रभावशाली नेता गोकर्ण विष्टलाई कडा प्रतिस्पर्धाका बीच ५६१ मतको अन्तरले पराजित गरेका हुन् ।

सार्वजनिक नतिजा अनुसार गोविन्द पन्थीले १६,९६७ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी गोकर्ण राज विष्टले १६,४०६ मत प्राप्त गरे ।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार भुवन प्रसाद श्रेष्ठले १४,४३४ मत प्राप्त गर्दै तेस्रो स्थान हासिल गरेका छन् । गुल्मी–२ मा तीनै उम्मेदवारबीच कडा प्रतिस्पर्धा देखिएको थियो  ।

प्रतिक्रिया दिनुहोस्