काठमाडौं । प्रतिनिधिसभा गोरखा-१ को मतगणना शुरु भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय रहेको जिल्ला समन्वय समितिको हलमा मतगणनास्थल तोकिएको छ । गोरखा-१ अन्तर्गत पर्ने उत्तरी क्षेत्रको १४ केन्द्रको मतपेटिका शनिबार मात्र मतगणनास्थल आइपुगेको थियो ।

भौगोलिक विकटता रहेको उत्तरी क्षेत्रको ९ मतदान केन्द्रको मतपेटिका शुक्रबार र १४ केन्द्रको हेलिकप्टरमार्फत गोरखा सदरमुकाम ल्याएपछि गणना सुरू गरिएको हो ।
गोरखा–१ मा रास्वपाका सुधन गुरुङ, नेकपाका हरिराज अधिकारी, कांग्रेस प्रेमकुमार खत्री, एमाले आरसी लामिछाने उम्मेदवार छन् । गोरखा–१ मा १ लाख २० हजार पाँच सय २५ मतदाता रहेकोमा ६४ हजार ५ मत खसेको छ ।











