काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा जुम्लाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट ज्ञान बहादुर शाही (ज्ञानेन्द्र) निर्वाचित भएका छन् ।
निकटतम प्रतिस्पर्धी नेकपाका नरेश भण्डालाई पराजित गर्दै शाही प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । विजयी शाहीले १४ हजार ८१६ मत प्राप्त गरे ।
उनका निकटतम प्रतिद्वन्द्वी भण्डारीले ११ हजार ६३६ मत प्राप्त गरे । भण्डारी शाहीसँग ३ हजार १ सय ८१ मतले पछि परे ।











