Logo
Logo

ललितपुर-३ मा रास्वपाकी तोसिमा कार्की विजयी


630
Shares

काठमाडौं। ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की तोसिमा कार्की विजयी भएकी छिन् ।

नेपाली कांग्रेसका निकटतम् प्रतिस्पर्धी जितेन्द्रकुमार श्रेष्ठलाई पराजित गर्दै कार्की प्रतिनिधिसभा सदस्यमा विजयी भएकी हुन् । कार्कीले प्रतिस्पर्धीभन्दा पाँच गुणा बढी मत ल्याउन सफल भइन् ।

कार्कीले ४३ हजार ९६ मत प्राप्त गर्दा कांग्रेसका श्रेष्ठले ९ हजार ४५ मत प्राप्त गरे । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सन्दन थापा मगरले ६ हजार २२ मत प्राप्त गरे ।

२०७९ को निर्वाचनमा यसै क्षेत्रबाट पहिलोपटक विजयी कार्कीको यो दोस्रो विजय हो ।

प्रतिक्रिया दिनुहोस्