काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा सफलतापूर्वक निर्वाचन गराएको नेपाल सरकार र नेपाली जनतालाई बधाई दिएका छन् । उनले सामाजिक सञ्जालमार्फत आफ्नो सन्देश जारी गर्दै नेपाली दिदीबहिनी र दाजुभाइले यति जीवन्त रूपमा आफ्नो लोकतान्त्रिक अधिकारको प्रयोग गरेको देख्दा निकै खुसी लागेको उल्लेख गरेका छन् ।

नले नेपालको लोकतान्त्रिक यात्राको एक गौरवपूर्ण क्षणको रूपमा चित्रण गरेका छन् । छिमेकी मुलुकको हैसियतमा भारत नेपालको विकास र स्थिरताको पक्षमा मोदीको भनाइ रहेको छ ।
उनले एक नजिकको साथी र छिमेकीका नाताले भारत नेपालका जनता र यहाँ बन्ने नयाँ सरकारसँग मिलेर काम गर्न सधैँ प्रतिबद्ध रहेको बताएका छन् । निर्वाचनपछिको नयाँ कार्यकालमा दुई देशबिचको सम्बन्धलाई थप मजबुत बनाउँदै साझा शान्ति, प्रगति र समृद्धिका लागि नयाँ उचाइ चुम्ने विश्वास उनले व्यक्त गरेका छन् ।
मोदीले नेपालको लोकतान्त्रिक प्रक्रियामा भारतको पूर्ण समर्थन रहने र आगामी दिनमा दुई देशबीचको सहकार्य अझै प्रगाढ हुने संकेत दिएका छन् ।











