Logo
Logo

झापा ३ मा रास्वपाका प्रकाश पाठक विजयी, राजेन्द्र लिङ्देन पराजित 


567
Shares

काठमाडौं । झापाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रकाश पाठक भारी मतान्तरले निर्वाचित भएका छन् ।

The current image has no alternative text. The file name is: jhapa-3.jpg

पाठकले ३८ हजार ६ सय ७४ मत प्राप्त गर्दै आफ्नो निकटतम प्रतिद्वन्द्वीलाई पराजित गरेका हुन् । निकटतम प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले १७ हजार २ सय ९४ मत  ल्याएका हुन् ।  

त्यसैगरी नेपाली कांग्रेसका राजेन्द्र कुमार घिमिरे ८ हजार ९ सय ९९ मतका साथ तेस्रो स्थानमा रहे भने एमालेका हरि बहादुर राजवंशीले ७ हजार ४ सय ९२ मत प्राप्त गरे ।
 

प्रतिक्रिया दिनुहोस्