Logo
Logo

झापा-५ मा बालेन विजयी, ओली झण्डै ५० हजार मतान्तरले पराजित


504
Shares

काठमाडौं । झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उम्मेदवार बालेन्द्र शाह (बालेन) विजयी भएका छन् ।

बालेनले नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीलाई ४९ हजार ६१४ मतले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

बालेनले ६८ हजार ३४८ मत ल्याउँदा ओलीले १८ हजार ७२४ मत प्राप्त गरे । काठमाडौं महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएर बालेन झापा ५ मा उम्मेदवार बनेका थिए ।

ओली गढ झापामा बालेन उम्मेदवार बनेसँगै मुख्य चासोको केन्द्र बनेको थियो । काठमाडौंको मेयरमा निर्वाचित भएपछि चर्चामा आएका ३६ वर्षीय बालेन पेशाले इन्जिनियर हुन् ।

प्रतिक्रिया दिनुहोस्