Logo
Logo

बाइडेन र कमलालाई प्रधानमन्त्री ओलीको बधाई


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २२ कात्तिक ।

अमेरिकाको राष्ट्रपतिमा निर्वाचित जो बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई प्रधानमन्त्री केपी शर्मा ओलीले बधाई दिएका छन् । ट्वीटरमार्फत ओलीले उनीहरुलाई बधाई दिएका छन् ।


अमेरिकाको नयाँ नेतृत्वमा दुई देशबीचको सम्बन्ध अझै बलियो हुने र नजिकबाट सहकार्य गरेर अघि बढ्ने अपेक्षा उनले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्