काठमाडौं । सर्लाही प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रविन महतो ४२ हजार ५१२ मतसहित विजयी भएका छन्।
मुख्य निर्वाचन अधिकृत पुष्पराज थपलियाका अनुसार महतोका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्रराय यादवले आठ हजार ५२३ मत प्राप्त गरेका छन् ।
यहाँ, नेपाली कांग्रेसका डा सरोज कुमारले सात हजार ३९, राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्षसमेत रहनुभएका राजेन्द्र महतोले पाँच हजार ९९२, नेपाल सङ्घीय समाजवादी पार्टीका रजी अहमद्ले दुई हजार २८३, नेपालका लागि नेपाली पार्टीका कृष्ण यादवले दुई हजार २२७ र नेकपा (एमाले) का नागेश्वर साहले एक हजार ६६३ मत प्राप्त गरेका छन्।
यस क्षेत्रमा कुल एक लाख २५ हजार ३११ कूल मतदाता रहेकामा ७७ हजार ७८९ मत खसेका थिए ।











