रौतहट । रौतहट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार डा. मो. फिरदोश आलम प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । आलम २९ हजार ५२८ मत प्राप्त गरी निर्वाचित भएका हुन् ।

आलका निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार किरणकुमार साहले १८ हजार ४४२ मत प्राप्त गरेका छन् ।
यसैगरी, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शेख सगिरले ९ हजार ३२५, जनता समाजवादी पार्टी, नेपालका रामअशिष राय यादवले दुई हजार ९६० तथा र नेकपा (एमाले)का उम्मेदवार मोहम्मद अतिउल्लाहले दुई हजार ३८२ मत प्राप्त गरे ।
यस क्षेत्रमा एक लाख आठ हजार ८७२ मतदाता रहेकामा ७१ हजार ५४६ जनाले मतदान गरेका थिए ।













