Logo
Logo

इलाम-२ मा एमालेका सुहाङ विजयी


567
Shares

इलाम  । इलाम २ मा नेकपा एमालेका सुहाङ नेम्वाङ विजयी भएका छन् । नेम्वाङ २२ हजार चारसय २६ मत प्राप्त गरी विजयी भएका छन् । 

The current image has no alternative text. The file name is: suhang_6eoexJiZu8-1.jpg

उनका निकट्तम प्रतिद्वण्द्वी नेपाली कांग्रेसका भेषराज आचार्यले १४ हजार ६५० मत प्राप्त गरे । नेम्वाङ सात हजार ७५० मतको अन्तरले विजयी भउका हुन्। यस पटक नयाँ दलका रूपमा आएको श्रम संस्कृति पार्टीका सुदिप राईले १४ हजार चारसय मत प्राप्त गरे । 

संविधानसभा अध्यक्ष सुुबासचन्द्र नेम्वाङको निधन भएपछि २०८१ को निर्वाचबाट प्रतिनिधिसभाको संसद् यात्रा सुरु गरेका नेम्वाङ १६ महिनाको संसद् यात्रापछि पुनः निर्वाचनमा होमिएका थिए । 

२०८१ मा २७ हजार ७७२ मत प्राप्त गरी विजयी बने भएका नेम्वाङले त्यसबेला पनि नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुुर खड्कालाई पराजित गरेका थिए ।  २०८१ मा नेम्वाङले २७ हजार ७७२ मत प्राप्त गरी विजयी भएका थिए । 

प्रतिक्रिया दिनुहोस्