साथीको श्रीमतीसँग सम्बन्ध, पोल खुलेपछि साथीकै हत्या « Drishti News – Nepalese News Portal
Logo

साथीको श्रीमतीसँग सम्बन्ध, पोल खुलेपछि साथीकै हत्या


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २३ कात्तिक ।
सहकर्मीकै श्रीमतीसँग प्रेम सम्बन्ध राखी त्यसबारे पोल खुलेपछि साथीकै हत्या गर्ने व्यक्ति एक वर्षपछि पक्राउ परेका छन् । मकवानपुरका मान कुमार थिङलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो ।


गत वर्ष २८ साउनमा उनले ललितपुरको गुहेपोखरी बस्ने उदयपुरका हरि खड्काको हत्या गरेका थिए । खड्का र तामाङबीच सँगै मुर्ती बनाउने क्रममा चिनजान भएको थियो । हरिकी श्रीमती विष्णुसँग उनी नजिकिएका थिए । मानबहादुर र विष्णुबीच म्यासेज आदान प्रदान भएको हरिले थाहा पाएपछि विावद भएको थियो । त्यसपछि मानबहादुरङले हरीलाई भेट्न बोलाएर कुटपिट गरी हत्या गरेका थिए ।

सो घटनामा संलग्न मृतककी श्रीमती विष्णुसहित धने भन्ने आरुष थिङ, दिपक बम्जन, राज बम्जन तथा सागर वाईवालाई महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले पहिला नै पक्राउ गरिसकेको थियो । खुम्य अभियुक्त खड्का त्यसबेला भारत भागेका थिए । उनलाई निरन्तर खोजी गरी मकवापुरबाट पक्राउ गरिउको महाशाखाका एसपी ईश्वर कार्कीले बताए ।

प्रतिक्रिया दिनुहोस्