Logo
Logo

१४३ क्षेत्रको नतिजा आउँदा रास्वपाले जित्यो ११२ सिट, अरूले कति ?


1k
Shares

काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको जारी मतगणनामा अहिलेसम्म १४३ सिटको नतिजा सार्वजनिक भएको छ । जारी मतगणनामा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११२ क्षेत्रमा विजय हासिल गरेको छ ।

त्यस्तै रास्वपाका उम्मेदवारले १२ निर्वाचन क्षेत्रमा अग्रता लिइरहेका छन्। निर्वाचन आयोगका अनुसार हालसम्म नेपाली कांग्रेसले १६ क्षेत्रमा जित हासिल गरेको छ भने १ स्थानमा अगाडि छ ।

यस्तै हालसम्म नेकपा एमालेले ७ स्थानमा विजयी हुँदै तीन क्षेत्रमा अगाडि भइरहेको छ । आयोगको विवरणअनुसार अहिलेसम्म नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का ५ उम्मेदवार विजयी भएका छन् भने ३ स्थानमा अग्रता लिइरहेका छन्।

यस्तै श्रम संस्कृति पार्टीका एक जना उम्मेदवार विजयी भएका छन् भने २ जना अग्रस्थानमा छन्। यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र उम्मेदवार एक÷एक स्थानमा विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्