Logo
Logo

कैलाली-२ मा रास्वपाका २६ वर्षीय केपी खनाल विजयी


567
Shares

काठमाडौं । कैलाली–२ बाट प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का केपी खनाल विजयी भएका छन् ।

२६ वर्षीय खनालले निकटतम् प्रतिद्वन्द्वी नागरिक उन्मुक्ति पार्टी (नाउपा)का पतिराम चौधरीलाई पराजित गर्दै विजयी भएका हुन् ।

खनालले १९ हजार ५७ मत प्राप्त गर्दा नाउपाका चौधरीले ११ हजार ९४९ मत ल्याए । खनाल ७ हजार १०८ मतान्तरका विजयी भए ।

त्यस्तै, एमालेका सूर्यबहादुर थापाले ७ हजार ८८६, नेपाली कांग्रेसका विजयबहादुर स्वाँरले ७ हजार २१३ मत ल्याए ।

प्रतिक्रिया दिनुहोस्