
काठमाडौं । २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ । देशभरका १६५ वटा निर्वाचन क्षेत्रमध्ये १४७ सिटको परिणाम आइसकेको छ ।
जसमा सबैभन्दा बढी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ११७ जितेको छ भने ८ सिटमा अग्रता लिइरहेको छ ।
सुनसरी २, महोत्तरी ४, बर्दिया २, रामेछाप, गोरखा २, नुवाकोट, कैलाली २ र गोरखा १ मा रास्वपाका उम्मेदवार अघि लागिरहेका छन्।
अहिलेसम्म नेपाली कांग्रेसले १७ सिट जितेको छ । १८ निर्वाचन क्षेत्रको मतगणना भइरहँदा कहीँ पनि कांग्रेसको अग्रता छैन ।
यस्तै नेकपा एमालेले ७ सिट जितेर तीन क्षेत्रमा अग्रता बनाइरहेको छ । संखुवासभा, इलाम–१ र अछाम–२ मा एमाले अगाडि छ ।
यसैगरी नेकपाले ६ सिट जित्दै २ क्षेत्रमा अग्रता कायम गरेको छ । श्रम संस्कृत पार्टीले २ सिट जितेर १ क्षेत्रमा अग्रता बनाएको छ । श्रम संस्कृति पार्टीले भोजपुर अग्रता बनाइरहेको हो ।











