
काठमाडौं । भोजपुरमा नेकपा एमालेका सचिव शेरधन राईलाई पराजित गर्दै श्रम संस्कृति पार्टीका ध्रुवराज राई विजयी भएका छन् । १६ हजार ६६३ मतसहित ध्रुव विजयी हुँदा एमाले सचिव राई १४७५० मतमा रोकिए ।
ध्रुवराज र शेरधनबीचको मतान्तर १ हजार ९१३ हो । त्यहाँ नेपाली कांग्रेसका बालकृष्ण थापा ८६७० मत ल्याएर तेस्रो स्थानमा रहे । रास्वपाका रमेश ओझाले ६१०२ र नेकपाका अजम्बर काङमाङले ५६२८ मत ल्याए ।











