काठमाडौं । इरानले नयाँ सर्वोच्च नेता चयन गरेको छ । अयातोल्लाह अली खामेनी इजरायल र अमेरिकाको संयुक्त हवाई आक्रमणमा मारिएपछि उनको स्थानमा उनका छोरा मोज्तबा खामेनीलाई ल्याइएको हो ।

इरानको सरकारी टीभीले सोमबार बिहान मोज्तबा खामेनीलाई नयाँ सर्वोच्च नेता बनाइएको घोषणा गरेको हो । गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले संयुक्त हवाई हमला गरी उनका बुबा अली खामेनीलाई मारेका थिए ।
यसपछि अब आफूहरूको स्वीकृतिबिना नयाँ सर्वोच्च नेता चयन नगर्न भनी अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले चेतावनी दिइरहेका थिए। त्यति मात्र होइन, उनले अली खामेनीका छोरा मोज्तबालाई नेता नबनाउनसमेत भनेका थिए ।
तर अमेरिकाको धम्कीका बाबजुद इरानले उनैलाई नयाँ सर्वोच्च नेता बनाएको हो ।
अली खामेनी ३५ वर्षसम्म इरानको सर्वोच्च पदमा थिए। उनी सन् १९८९ मा रुहोल्लाह खोमेनीको मृत्यु भएदेखि इरानको सर्वोच्च नेता पदमा थिए ।











