Logo
Logo

गोरखा-१ मा रास्वपाका सुधन गुरुङ विजयी


756
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा गोरखा–१ बाट रास्वपाका सुधन गुरुङ निर्वाचित भएका छन् । कांग्रेसका प्रेमकुमार खत्रीलाई १४ हजार ४९८ मतले पराजित गर्दै राई विजयी भएका हुन् ।

गुरुङले २९ हजार ८९६ मत ल्याए भने खत्रीले १५ हजार ३९८ मत पाए । तेस्रो स्थानमा नेकपाका हरिराज अधिकारीले ११ हजार १२४ र चौथोमा एमालेका रामचन्द्र लामिछानेले ३ हजार ७३२ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

गोरखा१ मा २०६४ को निर्वाचनमा तत्कालीन माओवादी र कांग्रेसले आलोपालो जित्दै आएका थिए । २०६४, २०७० र २०७४ मा माओवादी तथा २०७९ को निर्वाचनमा कांग्रेस विजयी वनेको थियो ।

प्रतिक्रिया दिनुहोस्