Logo
Logo

नवनिर्वाचित सांसदहरूको शपथ ग्रहणका लागि संसद् भवनमा अस्थायी हल निर्माण तीव्र


441
Shares

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणतर्फ पुगेसँगै नयाँ निर्वाचित सांसदहरूको शपथ ग्रहण तथा संसद् अधिवेशनको तयारी सुरु भएको छ । 

संवैधानिक व्यवस्था अनुसार निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक भएको ३० दिनभित्र संसद्को अधिवेशन आह्वान गर्नुपर्ने प्रावधान रहेको छ । तर आगामी संसद्का लागि बैठक तथा शपथ ग्रहण कार्यक्रम सञ्चालन गर्ने स्थायी हल भने अझै पूर्ण रूपमा तयार भइसकेको छैन ।

हाल संसद् बैठक बस्ने स्थायी भवन उपलब्ध छैन । जेनजी आन्दोलनका क्रममा संसद् भवनमा आगलागी भएपछि नियमित बैठक सञ्चालनका लागि वैकल्पिक स्थानको व्यवस्था गर्नुपर्ने अवस्था आएको हो। यसको विकल्पका रूपमा सिंहदरबार परिसरभित्र निर्माणाधीन नयाँ संसद् भवनभित्रको बहुउद्देश्यीय हललाई अस्थायी रूपमा व्यवस्थापन गर्ने तयारी भइरहेको छ ।

उक्त हलको निर्माण अन्तिम चरणमा पुगेको र केही हप्ताभित्रै सम्पन्न हुने अपेक्षा गरिएको छ ।  यसैबिच सङ्घीय संसद् सचिवालयले नयाँ निर्वाचित सांसदहरूको क्षमता अभिवृद्धिका लागि दुई दिनको अभिमुखीकरण  कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ ।

प्रतिक्रिया दिनुहोस्