Logo
Logo

ढल्यो देउवाको तीन दशकको साम्राज्य


0
Shares

काठमाडौँ । काठमाडौँ महानगरपालिको गेटमा कुनै बालेन्द्र साहलाई भेट्न कुरिरहेका डा. ताराप्रसाद जोशी उनकै कोटाबाट अहिले डडेलधुराबाट सांसद विजयी भएका छन् ।

डडेलधुरामा लामो समय एमालेको राजनीति गरेका जोशी माधव नेपालको समाजवादी पार्टी हुँदै कुलमान घिसिङसँगको सामिप्यतामा पुगेका थिए । तिनै जोशी दुई महिना अघि बालेनलाई भेट्न महानगरको गेटका पुगेपनि भूपदेव साहले मात्र भेटेर पठाएका थिए । अहिले उनै जोशी  वि.सं. २०१५ साल देखि निरन्तर नेपाली कांग्रेसले जितेको डडेल्धुरामा नेपाली काँग्रेसको गढ भत्काउँदै रास्वपाबाट निर्वाचित भएका छन् । २०४८ साल यता निरन्तर शेर वहादुर देउवा निर्वाचित हुँदै आएको डडेल्धुरामा देउवा पछिको जनप्रतिनिधि चुनिने सौभाग्य जोशीलाई जुरेको हो ।

नेपाली काग्रेसका नैनसिह महरलाई ७ हजार मत अन्तरले पराजित गर्दै उनी निर्वाचित भएका हुन ।उनले १९,१३१ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उ नैन सिंह महरले १२ हजार १२१ मत प्राप्त गरेका छन् ।
२०१५ को निर्वाचनमै डडेल्धुरावाट नेपाली काग्रेसकी द्वारीका देवी ठकुरानी जितेकी थिइन् । प्रजातन्त्र पुनर्स्थापना पछि २०४८ देखि लगातार देउवा निर्वाचित हुँदै आएका थिए ।

एउटा मात्र निर्वाचन क्षेत्र रहेको डडेल्धुरामा ७ पटक भएको निर्वाचनमा निरन्तर देउवा निर्वाचित भए । उनले कहिले पराजयको स्वाद चाख्न परेन् । साढे ३ दशकमा डडेल्धुरामा देउवा निर्विकल्प बनिरहे । डडेलधुराबाट अविजित हुँदै लगातार निर्वाचित देउवा ५ पटक मुलुकको प्रधानमन्त्री बने ।

साढे ३ दशकमा ७ पटक भएको निर्वाचनमा उनले कहिले पराजयको भोगेनन् ।  २०६२÷०६३ सालको जनआन्दोलन पछि दश बर्से सशस्त्र द्वन्द्व गरेको नेकपा माओवादी शान्ति प्रक्रियामा आयो । नेकपा माओवादीको लहर रहेको २०६४ सालको निर्वाचनमा पनि संविधान सभा सदस्यमा देउवाले जित हात पार्न सफल भएका थिए । 

सुशासन, भ्रष्टाचार अन्त्य र सामाजिक सञ्जाल खुला हुनुपर्ने मुख्य नारा लिएर जेनजी पुस्ताले गरेको आन्दोलन हिंसात्मक बन्दा भदौ २४ गते शेरबहादुर देउवामाथि मरणासन्न हुनेगरी कुटपिट भयो । उनको घर जलाइयो । घरसँगै घरमा लुकाएर राखेको करोडौँ रुपैयाँ जलेर नष्ट भयो । यस विषयमा सरकारले छानबिन गरेर उक्त रकमको स्रोतको छानबिन गर्नुपर्छ र सम्पत्ति शुद्धीकरणमार्फत देउवा र राणामाथि भ्रष्टाचारको मुद्दामा कारबाही गर्नुपर्छ । 

उनी र उनकी श्रीमती आरजु राणामाथि अपमानित व्यवहार गरियो । साथै, कांग्रेसभित्र पनि उनले सम्मानजनक अवस्था लिन सकेनन् । त्यही कारण उनी मतदान पनि उपस्थित भएनन् । अन्तिम पटक डडेलधुरा बाट देउवाले चुनाव लड्ने इच्छा देखाएकाले डडेलधुराबाट देउवाको एकल नाम सिफारिस गरिएको थियो । नेपाली काँग्रेसको विशेष महाधिवेशनपछि गगन थापाको नेतृत्वमा बनेको कार्य समितिलाई निर्वाचन आयोगले आधिकारिता दियो । गगनको हस्ताक्षरकै टिकट लिएर भएपनि देउवाले अन्तिम पटक रुख चिन्हबाट चुनाव लड्ने चाहाना राखेका थिए । तर गगन थापाले उनलाई टिकट दिंएनन् ।

पार्टीको सभापतिबाट गलहत्याएर अन्तिमपटक चुनाव लड्न पनि नपाउँदा अपमान महसुस गरेर असन्तुष्ट बनेका देउवा चुनावमा डडेलधुरा आएनन् । 

प्रतिक्रिया दिनुहोस्