Logo
Logo

कर्णालीमा ९० जनाको जमानत जफत 


315
Shares

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा कर्णाली प्रदेशमा ९० जनाको जमानत जफत भएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७१ का अनुसार ‘मतदान गरिएको जम्मा सदर मतको दश प्रतिशतभन्दा कम मत पाउने उम्मेदवारको धरौटी अर्थात जमानत जफत हुने व्यवस्था अनुसार ९० जनाको जमानत जफत भएको हो । 

The current image has no alternative text. The file name is: matgadana-scaled.jpg

जमानत जफत हुनेमा सुर्खेतमा २४ जना रहेका छन् भने दैलेखमा १३ जना छन् । सल्यानमा १०, जुम्लामा ६, कालिकोटमा ६, मुगुमा ४ जना छ्न् । यस्तै डोल्पामा ६, रुकुमपश्चिममा ९, जाजरकोटमा ८, हुम्लामा ४ जनाको जफत हुने भएको छ । जमानत जफत हुनेमा चर्चित अनुहार धेरै रहेका छन् ।  

यस्तै १० जिल्लाका ३६ उम्मेदवारले १०० मत पनि ल्याउन सकेनन् प्रदेशभरका १३८ उम्मेदवारहरू चुनावी मैदानमा थिए । सल्यानमा १०० मत कटाउन नसक्ने उम्मेदवार ४, जाजरकोट ५, डोल्पामा ५, मुगु १, जुम्लामा ४ र कालिकोटमा २ जनाले एकसय मत पनि प्राप्त गरेका छैनन् । २४ जनाले एक सय मत पनि प्राप्त गर्न सकेका छैनन् । सुर्खेतमा ७ र रुकुम पश्चिममा ४ जनाले १०० मत कटाएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्