काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाए ४५ शहीदहरूमध्ये ४२ जनाको शालिकसहित अन्तर्राष्ट्रिय खेलकुद परिसर, सातदोबाटोमा जेन जी शहीद स्मारक पार्क निर्माण सुरु भएको छ ।

तत्कालीन युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताको अध्यक्षतामा बसेको राष्ट्रिय खेलकुद परिषद्को १ सय २४ औँ बोर्ड बैठकले पार्क निर्माणका लागि जग्गा उपलब्ध गराएसँगै पार्क निर्माण कार्य अगाडी बढाइएको हो ।
ऐतिहासिक र मौलिक ढाँचामा निर्माण गर्न लागिएको पार्कले जेनजी आन्दोलनका शहीदहरूको योगदानलाई दीर्घकालसम्म जीवित राख्ने विश्वास लिइएको छ ।














