काठमाडौं । बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिसा बिकबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली खटिएको छ । सिआइबीको टोली थप अनुसन्धानका लागि सुर्खेत पुगेको हो ।

सुर्खेतको जिल्ला प्रहरी कार्यालयले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकिएको बताउँदै थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिएको छ ।
प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर पुगेको हो । इनिसाको पोस्टमार्टम रिर्पोर्ट आइसकेको छ । फरेन्सिक ल्याबमा पीडित र पीडक परिवार दुवैजनाको मोबाइल लगायत विद्युतीय सामाग्रीहरु अनुसन्धानकालागि पठाएका पठाइएको छ । केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टकसिकोजिकल, बायोसेरोलोजिकल परीक्षणका लागि समेत पठाइएको छ । त्यो रिर्पोट आउनसाथ प्रहरी अनुसन्धानको निष्कर्षमा पुग्ने छ ।
विज्ञ टोली गठनसंगै कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफ गर्ने टोली पनि पुगेको छ । पोलियाग्राफीले मानिसले झुटो बोलेको पत्ता लागउने छ, प्रहरी मृत्युको कारण पत्ता लगाउन घटनास्थलको सम्पूर्ण प्रमाणहरु प्रयोगशालामा पठाएको छ । पोस्टमार्टम रिपोर्ट पोलियाग्राफी, कल डिटेल्स लगायत किशोर र किशोरीबीच भएका सम्पूर्ण विद्युतीय प्रमाण प्रहरीले अनुसन्धान गरिरहेको छ ।











