काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले चुनाव खर्च २३ लाख रुपैयाँ भएको बताएका छन् । उनले चुनावका लागि २३ लाख ८६ हजार ३६८ रुपैयाँ खर्च गरेको विवरण निर्वाचन कार्यालयमा बुझाएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवारी दिएका पौडेलले निर्वाचन कार्यालयमा बुझाएको विवरण अनुसार सबैभन्दा धेरै खर्च प्रचारप्रसार सामग्रीमा ५ लाख ५३ हजार ३५० रुपैयाँ भएको उल्लेख छ ।
सबैभन्दा थोरै खर्च मनोनयन दर्तामा १० हजार रुपैयाँ रहेको विवरणमा उल्लेख छ । देशभर निर्वाचन लडेका उम्मेदवारहरूले निर्वाचन खर्च विवरण बुझाउने क्रम जारी छ ।












