Logo
Logo

मृतकको पहिचान खुल्यो


1.1k
Shares

महेन्द्रनगर । कञ्चनपुरमा जीप र मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएका दुई जनाको सनाखत भएको छ ।


पूर्व–पश्चिम राजमार्गको महेन्द्रनगर–दैजी खण्डमा आज दिउँसो जीप र मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकल चालक भीमदत्त नगरपालिका–१ बाराकुन्डाका ४० वर्षीय राम लुहार र ४२ वर्षीय दानसिँह धामी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

“मृतकका आफन्तबाट पहिचान खुलेको छ ।” जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्र थापाले भन्नुभयो–“घटनाबारे विस्तृतमा अनुसन्धान हुदैछ ।” महेन्द्रनगरबाट अत्तरीयातर्फ गइरहेको से १ ज १४०५ बलेरो जीप र दैजीबाट महेन्द्रनगरतर्फ आइरहेको म २ प ३५०६ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । प्रहरीले जीप र चालक नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्