काठमाडौं । पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली अर्पणका लागि नेता, आफन्त र समर्थकहरू पुगेका छन् ।

गठ्ठाघरस्थित नेपाल-कोरिया मैत्री अस्पतालमा ९७ वर्षीय मोहनप्रसादको आज बिहान निधन भएको थियो । अहिले अस्पताल परिसरमा राखिएको ओलीको पार्थिव शरीरमा श्रद्धाञ्जलीका लागि एमालेसहित अन्य दलका नेता-कार्यकर्ता पुगेका छन् । नेकपा संयोजक प्रचण्ड पनि केही बेरअघि आएका छन् ।
श्रद्धाञ्जलीपछि केहीबेरमा पशुपति आर्यघाटनमा मोहनप्रसादको अन्त्येष्टिको तयारी छ ।











