Logo
Logo

गगनको राजीनामा विकल्प होइनः डिला संग्रौला


252
Shares

काठमाडौं । नेपाली कांग्रेसकी सहमहामन्त्री डिला संग्रौलाले सभापति गगन थापाको राजीनामा विकल्प नभएको बताएकी छन्। काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै पार्टीको हारको नैतिक जिम्मेवारी लिने बताइन्।

उनले भनिन्, ‘आज पराजय भएपछि अवश्य पनि नैतिक जिम्मेवारी छोटो समयमा गएको गगन थापाको नेतृत्वको केन्द्रीय समितिले लिन्छ। गगन थापा व्यक्ति होइन संस्था हो । हामी नियमित महाधिवेशनबाट आएको सभापति पनि गगन थापा होइन। त्यसैले राजीनामा विकल्प होइन।’

कांग्रेसको ८ लाख क्रियाशील चुनावमा परिचालन भए कि भएनन् भन्ने रिपोर्ट आएपछि निष्कर्ष निस्कने बताइन्।

उनले थपिन्, ‘कांग्रेसको नियमित महाधिवेशन गरेर नेपाली कांग्रेसलाई पुनर्जागृत र पुनर्संगठित गरेर अहिलेको उचाइमा लैजानुपर्ने दायित्व छ । त्यसैले देशैभरी साथीहरूले बोलिरहनुभएको छ। सभापतिजी के मनस्थितिमा हुनुहुन्छ ? उहाँको कुरा पनि हामी सुन्नेछौँ । केन्द्रीय समितिले छलफल गर्नेछ ।’

उनले जनताले दिएको म्यान्डेट स्वीकार गरेर रचनात्मक भूमिका कांग्रेसले निर्वाह गर्ने बताइन्।

प्रतिक्रिया दिनुहोस्