Logo
Logo

नेपाल आदिवासी जनजाति महासंघको ११ औं राष्ट्रिय महाधिवेशन


0
Shares

काठमाडौं – नेपाल आदिवासी जनजाति महासंघले ११ औं राष्ट्रिय महाधिवेशनको तयारी पूरा गरेको छ। महासंघले शुक्रबार पत्रकार सम्मेलनमार्फत महाधिवेशनको तयारी सकिएको जानकारी दिएको हो ।

चैत ५ र ६ गते काठमाडौंमा हुने महाधिवेशनमा राष्ट्रपति रामचन्द्र पौडेलले कार्यक्रम उद्घाटन गर्ने भएका छन् ।

महाधिवेशनमा देशभरका आदिवासी जनजातिहरूले आफ्ना भेषभुषामा नाचगान, झाँकी र र्याली प्रदर्शन गर्नेछन्। र्याली भृकुटीमण्डपदेखि भद्रकाली, सुन्धारा, वीर अस्पताल, रत्नपार्क, जमल, घण्टाघर हुँदै नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीको सभाहलमा प्रवेश गर्नेछ।

महाधिवेशन सफल बनाउन विभिन्न उपसमितिहरू गठन गरिएका छन् । बन्दसत्रमा महासंघका संघीय सचिवालयका पदाधिकारी, सल्लाहकार, संघीय परिषद सदस्य, जातीय घटक संस्था, सम्बन्धित संगठन, प्रवास संगठन तथा प्रदेश र जिल्ला समन्वय परिषदबाट ५ सयभन्दा बढी प्रतिनिधि तथा पर्यवेक्षक सहभागी हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्