Logo
Logo

इनिसाको हत्यामा संलग्नलाई फाँसी सजायको मागसहित प्रदर्शन


0
Shares

सुर्खेत । सुर्खेत वीरेन्द्रनगरकी १६ वर्षीया इनिसा विकको सामुहिक बलात्कार पछि हत्यामा संलग्नमाथि कडा कारबाही गर्न माग गर्दै काठमाडौंमा शनिवार पनि प्रदर्शन गरिएको छ ।

काठमाडौंको माईतीघर मण्डलामा भेला भएका फाँसीको सजाय दिने कानून निर्माण गर्न सरकारलाई दवाव दिँदै प्रदर्शन गरेका हुन् । हत्या, बलात्कारजस्ता जघन्य अपराधका घटना फेरि पनि हुन नपाओस् भन्ने कुरामा पनि सरकारलाई सचेत गराउन अभियानमा आफूहरु लागेको सामाजिक अभियन्ता कविता चन्द सोडारीले बताइन्।

प्रदर्शनमा उत्रिएकाहरुले इनिसालाई न्याय देउ, बालिकामाथि हुने बलात्कार, हिंसा, हत्या बन्द गरलगायत लेखिएको प्लेटकार्ड समेत प्रदर्शन गरेका थिए । उनीहरुले सरकारले महिलामाथि हुने सबै प्रकारको हिंसा अन्त्यका लागि कडा कानूनी व्यवस्था गर्न आवश्यक रहेको धारणा समेत राखेका थिए

प्रतिक्रिया दिनुहोस्