Logo
Logo

दुई दिनदेखि हराएका युवकको शव फेला


0
Shares

मान्म (कालीकोटं) । बिहीबारदेखि हराएका नरहरिनाथ गाउँपालिका–३ का २२ वर्षीय राजेन्द्र बुढाको शव भेटिएको परेको छ ।

उनको शव आज नरहरिनाथ–२ स्थित मजिउन खोला र बुक खोलाको बीचमा भेटिएको हो ।

उनी बिहीबार खाना खाएर घरबाट निस्किएका थिए । त्यसपछि सम्पर्क हुन नसकेको परिवार स्रोतले जनाएको छ ।

आज दिउँसो बालुवा लिन गएका स्थानीयले खोलाको बीचमा शव देखेपछि कुमाल गाउँ प्रहरी चौकीलाई खबर गरेका प्रहरी निरीक्षक गणेश ज्ञवालीले बताए। “उहाँको शव सडकबाट ५०० मिटर तल खोला नजिकै पाइएको हो । यसबारे घटनाको अनुसन्धान भइरहेको छ”, उनले भने।

प्रतिक्रिया दिनुहोस्