Logo
Logo

महासंघमा ढकालको जित सुनिश्चित


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ कात्तिक । आन्तरिक कलह, व्यक्तिगत टसल र गुटबन्दीका कारण अस्तित्वविहीन बन्दै गएको नेपाल उद्योग वाणिज्य महासंघलाइ सशक्त व्यावसायिक संगठनका रुपमा पुर्नजीवित गर्ने उद्देश्यले विधान संशोधन गरेर सर्वसम्मत अध्यक्ष चयन गर्ने परम्परा बसाल्न थालियो । विधान संशोधनपछि वरिष्ठ उपाध्यक्ष भवानी राणा सर्वसम्मत अध्यक्ष बनिन् । तर, विधानको मर्मलाई कसैले मनन गर्न चाहेनन् । निर्वाचन हुनुलाई प्रजातान्त्रिक विधि मानिए पनि त्यो भन्दा सर्वोत्कृष्ट विधि आपसी सहमतिमा सर्वसम्मत नेतृत्वको चयन हो । यो कुरा राणा समूहका नेतृत्वले बिर्सिए । खोला त¥यो, लौरो बिर्सियो भनेजस्तो भयो ।

दुःखमा नै असल साथीको पहिचान हुने हुँदा यो कोभिडको महामारीमा सिंगो उद्योगी, व्यवसायीको हितमा काम गर्न आफूले उम्मेदवारी दिएको वरिष्ठ उपाध्यक्षका उम्मेदवार चन्द्र ढकालले बताए । उनले भने, यो कोरोनाको महामारीले कहिलेसम्म उद्योगी, व्यवसायीहरुलाई सताउने हो ? ठेगान छैन, तर, त्यसबीचमा उद्योगधन्दा बाँच्न सक्यो भने मात्रै त्यसले देशको समग्र आर्थिक विकासलाई टेवा पु¥याउँछ । त्यसैले मेरो एक मात्र उद्देश्य नेपालको उद्योग, व्यवसायको पुर्नउत्थानका लागि अहिलेदेखि नै संरक्षण गर्ने वातावरण बनाउनु हो । चुनाव जितेकै दिनदेखि मैले के साना, के ठूला सबै व्यवसायको हितका लागि परिणाममुखी पहल गर्नेछु । ढकाललाई जिल्ला नगर/प्रदेश/एशोसियट र वस्तुगतको बहुमत सदस्यको समर्थन रहेको बताइन्छ ।

सुरुदेखि नै सर्वसम्मत अध्यक्षको बारेमा महासंघभित्र पक्ष, विपक्ष देखिए पनि यसलाई नै सर्वोत्कृष्ट अभ्यासका रुपमा प्रयोग गर्न त थालियो, तर वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले आफ्नो विगतको टिमलाई धोका दिँदा महासंघ फेरि चुनावी भुँमरीमा फस्न गयो । यदि अध्यक्ष भवानी राणा, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्ष चन्द्र ढकाललगायतका पूर्व टिम अहिले एक ठाउँ उभिएको भए वरिष्ठ उपाध्यक्षमा स्वतः चन्द्र ढकाल निर्वाचित हुने थिए । त्यसमा कसैले खेल्न सक्ने थिएनन् । तर, वरिष्ठ उपाध्यक्ष गोल्छाले पूर्वअध्यक्ष चण्डी ढकाललाई पूर्वाग्रह साँध्न प्रधानलाई उचालेपछि फेरि महासंघभित्र भाँडभैलो सुरु हुन थालेको छ ।

यस भाँडभैलोले सर्वसम्मत रुपमा अध्यक्ष बनेका गोल्छालाई आफ्नो कार्यकाल सफलतामा पु¥याउन फलामको च्यूरा चपाएसरह हुनेछ । किनभने, विगतमा भवानी राणालाई अध्यक्ष र वरिष्ठ उपाध्यक्षमा गोल्छालाई जिताउन चन्द्र ढकालको निर्णायक भूमिका थियो । विधान संशोधनमा ढकाल विपक्षीमा उभिएको भए अहिले गोल्छाले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्नुपथ्र्यो । तर, वरिष्ठ उपाध्यक्ष गोल्छाले आफैँसँग हारेका प्रतिद्वन्द्वी किशोर प्रधानलाई समर्थन गर्दा महासंघभित्र फेरि गुटबन्दी सुरु हुन थालेको हो । जसले गर्दा भावी अध्यक्ष गोल्छालाई काम गर्न अप्ठेरो पर्ने देखिन्छ । किनभने, आगामी मंसिर ११, १२ र १३ गते काठमाडौंमा सम्पन्न हुने महासंघको ५४ औँ साधारणसभाबाट वरिष्ठ उपाध्यक्षमा चन्द्र ढकालको समूह भारी मतले विजयी हुने कुरा महासंघका पदाधिकारीहरु बताउँछन् ।

सबैसँग समन्वय गर्न सक्ने क्षमता भएको नेतृत्व अहिलेको आवश्यकता हो । कोरोना भाइरसका कारण जिल्ला, नगर र प्रदेशका धेरै उद्योगी, व्यापारीहरु मारमा परेका छन् । एकातिर आफ्नो व्यवसाय बन्द छ, अर्कोतिर बैंकको ब्याज मिटर घुमिरहेको छ । त्यसमाथि मजदुर, कर्मचारीको तलबको भार थेग्न नसकेर कतिपय उद्योगी, व्यापारी आफ्नो व्यवसायबाटै विस्थापित हुनुपर्ने अवस्था छ । यस्तो बेला महासंघमा सक्षम नेतृत्व आउन सके साना व्यवसायीहरुको बाँच्ने आशा जाग्ने थियो । त्यसका लागि पनि राजनीतिक शक्तिकेन्द्रदेखि सबै निकायमा सम्पर्क भएको सक्षम व्यक्तिका रुपमा ढकाललाई लिइँदैछ ।

गत कात्तिक १७ गते आफ्नो टिमका उम्मेदवारहरुसँग अन्तक्र्रिया गर्दै ढकालले दुःखमा नै असल साथीको पहिचान हुने हुँदा यो कोभिडको महामारीमा सिंगो उद्योगी, व्यवसायीको हितमा काम गर्न आफूले उम्मेदवारी दिएको बताए । उनले भने, यो कोरोनाको महामारीले कहिलेसम्म उद्योगी, व्यवसायीहरुलाई सताउने हो ? ठेगान छैन, तर, त्यसबीचमा उद्योगधन्दा बाँच्न सक्यो भने मात्रै देशको समग्र आर्थिक विकासलाई टेवा पु¥याउँछ । त्यसैले मेरो एक मात्र उद्देश्य नेपालको उद्योग, व्यवसायको पुर्नउत्थानका लागि अहिलेदेखि नै वातावरण बनाउनु हो । चुनाव जितेकै दिनदेखि मैले के साना, के ठूला सबै व्यवसायको हितका लागि परिणाममुखी पहल गर्नेछु । ढकाललाई जिल्ला नगर/प्रदेश/एशोसियट र वस्तुगतको बहुमत सदस्यको समर्थन रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्