काठमाडौं । नेपाल भ्रमणमा आएका जापानका रोटरियनहरुले आइतबार बिहान रोटरी क्लब अफ काठमाडौं बेष्टको भ्रमण गरेका छन् । क्लबका प्रिसिडेन्ट सुधन बज्राचार्यले अतिथिहरुको स्वागत गर्दै क्लबको झण्डा आदान प्रदान गरेका थिए ।

सो अवसरमा प्रिसिडेन्ट बज्राचार्यले जापानको रोटरी क्लब अफ कुसाचु र रोटरी क्लब अफ बीआको हाछिमान क्लबसँग सहकार्य गर्न पाउँदा खुशी लागेको बताए । जापान र काठमाडौं बेष्ट क्लबबीच भविष्यमा विभिन्न कामका लागि सहकार्य गर्ने विश्वास प्रिसिडेन्ट बज्राचार्यले बताए ।
सो अवसरमा रोटरी क्कब अफ कुसाचुका मिस्टर ईतो, रोटरी क्लब अफ बिआको हाछीमानका मिस्टर निसियामा र मिस्टर सासाकीले आ–आफ्नो मन्तव्य राख्दै भविष्यमा रोटरी क्लब अफ काठमाडौं बेष्टसँग सहकार्य गर्ने प्रतिबद्धता जनाएका थिए ।
जापानबाट काठमाडौं आएका रोटरी क्लबका सदस्यहरुले जनप्रभात स्कुलको स्थलगत भ्रमण गरेका थिए । उनीहरुले भविष्यमा उक्त स्कुललाई सहयोग गर्ने प्रतिबद्धता जनाए । जनप्रभात माध्यमिक विद्यालयलाई रोटरी क्लब अफ काठमाडौं बेष्टले विगतदेखि छात्रवृत्ति र अन्य सहयोग गर्दै आएको छ । उक्त टोलीसँग पाष्ट प्रिसिडेन्ट उदय गड्तौलाले सहजीकरण गरेका थिए ।











