Logo
Logo

बारामा गोली लागेका किशोरलाई काठमाडौँ ल्याइयो, टिचिङ अस्पताल भर्ना


315
Shares

काठमाडौं । बारामा प्रहरीको गोली लागेर घाइते भएका युवा आदित्य पासवानलाई काठमाडौँ ल्याइएको छ ।

शनिवार अस्पताल उद्घाटनको विषयमा बाराको फेटा गाउँपालिकामा झडप हुँदा करिब १६ वर्षीय किशोर पासवान घाइते भएका थिए । सुरुमा उनलाई वीरगन्जस्थित नेशनल मेडिकल कलेजमा उपचार गरिएको थियो ।

तर, नेशनल मेडिकल कलेजले रिफर गरेपछि उनलाई सेनाको हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो । नेशनल कलेजका चिकित्सकीय टोलीले शल्यक्रिया गरी पासवानको तिघ्राबाट गोली निकालेका थिए ।

पासवानलाई काठमाडौँ ल्याइएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना गरिएको छ । सङ्घीय सरकारको अनुदानमा नवनिर्मित १५ बेडको अस्पताल उद्घाटन गर्ने कार्यक्रममा झडप हुँदा पासवान घाइते भएको बाराका एसपी नरेन्द्र कुँवरले बताए ।

घटना छानबिन गर्न मधेस प्रदेश प्रहरी कार्यालयका एसएसपी प्रभु ढकालको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति गठन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्