काठमाडौं। श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका चार जनाको नाम छनोट गरेर टुंगो लगाएको छ । श्रम संस्कृतिको आइतबार बसेको केन्द्रीय समिति बैठकले ४ जनाको नाम छनोट गरेर टुंगो लगाएको हो ।
पार्टी प्रवक्ता सत्य घलेका अनुसार आइतबार बसेको ४ जनाको नाम टुंगो लगाएर निर्वाचन आयोगलाई पठाउन लागिएको बताए ।
समानुपातिक सांसद बन्नेहरुमा आदिवासी जनजाति पुरुषबाट सुनसरीका पूर्ण लिम्बू, मधेशीबाट धनुषाकी रुवीकुमारी ठाकुर, खसआर्यबाट सुनसरीकी अम्बिकादेवी संग्रौला र दलितबाट सुर्खेतकी राधिका रम्तेल (सार्की) रहेका छन् ।
समानुपातिक सांसदतर्फ यसअघि आदिवासी महिलामा मकवानपुरकी मन्दिरा मोक्तान, काठमाडौंकी आशा लामा र सुनसरीकी समला राईको दाबी रहेको थियो ।











