Logo
Logo

सशस्त्रका दुईजना डीआईजीको म्याद थप


0
Shares

काठमाडौं । सशस्त्र प्रहरी बलको प्राविधिकतर्फका दुईजना डीआईजीको म्याद थप गरिएको छ  । आइतबार बसेको मन्त्रिपरिषद्ले डीआईजीद्ववय इन्जिनियर सन्दीप थापा र डा। रूपक महर्जनको म्याद थप गर्ने निर्णय गरेको हो । 

The current image has no alternative text. The file name is: sasatra-police.jpg

सशस्त्र प्रहरी नियमावलीका दफा ६५ (ग) अनुसार डीआईजीको पदावधि ४ वर्षको हुन्छ । सो प्रावधान अनुसार डीआईजीद्ववय थापा र महर्जन २०८२ चैत ५ मा अवकाशमा जाँदै थिए । मन्त्रिपरिषद्ले म्याद थप गरेसँगै उनीहरू २०८३ चैत ५ सम्म पदमा रहने छन् ।

इन्जिनियर थापा सशस्त्र प्रहरीको मद्धति तथा सेवा निर्देशनालयका प्रमुख हुन् । डा. महर्जन सशस्त्र प्रहरी अस्पताल प्रमुखको रूपमा कार्यरत छन् ।

साधारण समूहतर्फका डीआईजीहरु लक्ष्मण बहादुर सिंह र प्रदीप पालको पनि म्याद थप गर्नुपर्ने प्रस्ताव गृह मन्त्रालयबाट मन्त्रिपरिषद्मा पठाइएको थियो । तर, उनीहरूको बारेमा मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन । 

राष्ट्रिय सुरक्षा परिषद्मा कार्यरत  सिंह र कार्य विभागमा कार्यरत पाल डीआईजीको ४ वर्षे पदावधि पुरा गरेर चैत ५ मा अवकाशमा जाँदै छन् । उनीहरू नेपाल प्रहरीमा प्राविधिक सई (कम्प्युटर अपरेटर) पदमा २०५४ चैत १८ मा सेवा प्रवेश गरेर पछि सशस्त्र प्रहरीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्