Logo
Logo

सुदूरपश्चिमबाट ११ जनाले पाए समानुपातिक सांसदको अवसर


0
Shares

काठमाडौं । प्रतिनिधि सभामा सुदूरपश्चिम प्रदेशबाट ११ जना समानुपातिक सांसद बन्ने भएका छन् । थ्रेसहोल्ड पार गरेका दलहरूले बन्द सूचीबाट नाम छनोट गरेर निर्वाचन आयोगमा बुझाएपछि सुदूरपश्चिमका ११ जना समानुपातिक सांसद बन्ने निश्चित भएको हो ।

जसमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सबैभन्दा धेरै ६ जना सांसद बन्ने भएका छन् । प्रदेशका १६ प्रत्यक्ष सिटमध्ये १० सिट जितेको रास्वपाले समानुपातिकतर्फ पनि सुदूरपश्चिमबाट ६ जनालाई समेटेको हो ।

रास्वपाको सूचीअनुसार खसआर्य महिला क्लस्टरको पहिलो नम्बरमा कञ्चनपुरकी प्रतिभा रावल रहेकी छन् । सोही क्लस्टरबाट डडेल्धुराकी आकृति अवस्थी, अछामकी टीका संग्रौला र रत्ना थापा पनि समानुपातिक सांसद बन्ने सूचीमा परेका छन् । संग्रौला र थापा पिछडिएको क्षेत्र कोटाबाट समेटिएका हुन्।

त्यसैगरी थारु महिला क्लस्टरबाट कैलालीकी करिश्मा कठरिया र कञ्चनपुरकी गीता चौधरीको नाम पनि रास्वपाले पठाएको छ । यता प्रत्यक्षतर्फ सिट जित्न नसकेको नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले भने सुदूरपश्चिमबाट तीन जनालाई समानुपातिक सांसद बनाउने निर्णय गरेको छ । पार्टीले थारु महिला क्लस्टरबाट कञ्चनपुरकी निराशा चौधरी, अपांगता क्लस्टरबाट कैलालीका प्रेम बयक र दलित क्लस्टरबाट बझाङका गणेशबहादुर बिकको नाम आयोगमा बुझाएको छ ।

त्यस्तै प्रदेशमा प्रत्यक्षतर्फ तीन–तीन सिट जितेका नेपाली कांग्रेस र नेकपा एमालेले भने सुदूरपश्चिमबाट समानुपातिकमा एक–एक जनालाई मात्र समेटेका छन् । कांग्रेसले दलित महिला क्लस्टरबाट डडेल्धुराकी हरिनादेवी कामीलाई तथा एमालेले थारु क्लस्टरबाट कञ्चनपुरका कृपाराम रानालाई सांसद बनाउन नाम सिफारिस गरेको छ ।

प्रतिक्रिया दिनुहोस्