काठमाडौं । सोमबार सेयर बजार परिसूचक नेप्से २६.०७ अंकले घटेर २७९८ अंकमा झरेको छ । कारोबार रकम पनि अघिल्लो दिनको १४ अर्ब ३५ करोडबाट घटेर ११ अर्ब ९७ करोड रुपैयाँमा सीमित भयो ।

कुल ४८ कम्पनीको सेयर मूल्य बढ्दा २११ कम्पनीको घट्यो भने ४ कम्पनी स्थिर रहे। उत्पादन तथा प्रशोधन समूहबाहेक अन्य सबै समूहका सूचक घटेका छन् ।
यस दिन रिलायन्स स्पिनिङ मिल्स, साल्पा विकास बैंक, अपर हेवाखोला, सोलु हाइड्रोपावर र होटल फरेस्ट इनको सेयर मूल्य १० प्रतिशतले बढ्यो। पिपुल्स हाइड्रोपावर, सिन्धु विकास बैंक र नेसनल हाइड्रोपावरको मूल्य पनि उल्लेख्य बढेको छ ।
यता नारायणी डेभलपमेन्ट बैंक र ग्रिनलाइफ हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै घट्यो। कारोबारका हिसाबले आँखुखोला जलविद्युत्, नेसनल हाइड्रोपावर र अपर हेवाखोला अग्रस्थानमा रहे ।











