Logo
Logo

ओलीलाई टक्कर दिदै प्रचण्डको नेतृत्वमा सचिवालय बैठक बस्दै


- दृष्टि न्युज/संवाददाता


काठमाडौं, २५ कात्तिक ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को विवाद झन् चर्किएको छ। सचिवालय बैठकको माग गर्दै आएका पाँच नेतासहित अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले सहमति नदिएपछि दाहालले मंगलबार सचिवालयको अनौपचारिक बैठक डाकेका छन् ।

बैठक धुम्बाराहीस्थिति नेकपाको पार्टी कार्यालयमा अपरान्ह ४ बजे बोलाइएको छ । यसअघि गत शुक्रबार पनि अध्यक्ष दाहालले सचिवालयको अनौपचारिक बैठक बोलाएका थिए ।
जसमा पाँचजना सचिवालयका सदस्यहरुको उपस्थिति थियो । उक्त बैठकले गरेको निर्णयबारे शनिबार लिखित पत्रसहित अध्यक्ष ओलीलाई सचिवालय बेठक बोलाउन माग गर्दै पत्र बुझाइएको थियो ।

उक्त बैठकले सकभर आइतबार वा सोमबारसम्म सचिवालय बैठक बोलाउन अध्यक्ष ओलीको ध्यानाकर्षण गरेको थियो । अध्यक्ष दाहाल, वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले मंगलबारसम्म अध्यक्ष ओलीले सहमति नदिए बैठक डाक्ने जनाएका थिए । बैठक डाकेपछि ओलीले प्रचण्डलाई भेट्न बालुवाटार बोलाएका छन् ।

प्रतिक्रिया दिनुहोस्