Logo
Logo

संसदमा ‘सेतो कपाल’ को विरासत ढल्यो, १०२ युवाको सानदार इन्ट्री (सूची)


693
Shares

काठमाडौं । नेपाली राजनीतिमा दशकौँदेखि जकडिएको ‘सेतो कपाल’ को विरासत यसपटक फागुन २१ को निर्वाचनले भत्काइदिएको छ । संघीय संसद् अब पाका नेताहरूको विश्रामस्थल मात्र रहेन, यो १०२ जना ऊर्जावान् युवाहरूको कार्यथलो बनेको छ ।

‘राष्ट्रिय युवा नीति २०८२’ ले तोकेको १६ देखि ४० वर्षको उमेर हदभित्र पर्ने यी युवाहरूको सानदार उपस्थितिले सिंहदरबारको पुरानो लयलाई नयाँ गति दिने निश्चित देखिएको छ ।

यसपटकको निर्वाचन परिणामले परम्परागत राजनीतिक शक्तिको साटो ‘नयाँ र जोसिलो’ रोज्ने मतदाताको मनोविज्ञानलाई स्पष्ट पारेको छ । प्रत्यक्षतर्फ ६१ र समानुपातिकतर्फ ४१ गरी कुल १०२ युवा संसद् छिर्दा सबैभन्दा ठूलो हिस्सा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पक्षमा देखिएको छ ।

रास्वपाबाट मात्रै प्रत्यक्ष र समानुपातिक गरी ८३ जना युवा निर्वाचित भएका छन्, जसले संसद्मा युवा आवाजलाई मुख्य शक्तिको रूपमा स्थापित गरेको छ । नेपाली कांग्रेसबाट ९, नेकपा एमालेबाट ६, राप्रपा र श्रम संस्कृति पार्टीबाट २–२ जना युवाले संसद्मा प्रतिनिधित्व गर्दै गर्दा संसद्को औसत उमेर ह्वात्तै घटेको छ ।

सबैभन्दा शक्तिशाली र आशालाग्दो दृश्य त देशकै कार्यकारी प्रमुखको रूपमा ३६ वर्षीय बालेन शाहको सम्भावित यात्रा हो । झापा–५ बाट निर्वाचित शाह प्रधानमन्त्रीको दौडमा रहनुले नेपालको नीति निर्माण र कार्यान्वयनको तहमा ऐतिहासिक पुस्तान्तरणको सङ्केत गरेको छ ।

देशको कूल जनसङ्ख्याको झन्डै ४२ प्रतिशत हिस्सा ओगट्ने युवा वर्गको यो सार्थक उपस्थिति ‘राष्ट्रिय युवा नीति २०८२’ को मर्म अनुरूप मात्र छैन, यसले अबको कानुन निर्माणमा नयाँपन र आधुनिकता ल्याउने विश्वास जगाएको छ ।

२५ वर्षका प्रशान्त उप्रेती र केपी खनालदेखि ४० वर्षसम्मका यी युवा सांसदहरू केवल सङ्ख्यात्मक उपस्थितिमा मात्र सीमित छैनन; उनीहरू वर्षौँदेखि ‘युवा भोलिका कर्णधार हुन्’ भन्ने भाष्यलाई चिरेर ‘आजकै साझेदार’ का रूपमा उभिएका छन् ।

नीति निर्माणको सर्वोच्च थलो प्रतिनिधि सभामै यति ठूलो सङ्ख्यामा युवाहरूको प्रवेश हुनुले अबका दिनमा देशको विकास र सुशासनमा आम नागरिकले नयाँ युगको अनुभूति गर्ने अपेक्षा गरिएको छ ।

यी हुन नवनिर्वाचित युवा सांसदहको सूची–
१. प्रत्यक्षतर्फ निर्वाचित युवाहरू (६१ जना)
राष्ट्रिय स्वतन्त्र पार्टी (५२ जना)–
प्रशान्त उप्रेती (२५), केपी खनाल (२६), मनिष खनाल (२६), बब्लु गुप्ता (२८), सुलभ खरेल (२८), निशा डाँगी (२९), सस्मित पोखरेल (२९), रामजी यादव (३०), शिव शंकर यादव (३०), रन्जु न्यौपाने (३०), सोविता गौतम (३०), रुबिना आचार्य (३१), सुशान्त वैदिक (३१), तपेश्वर यादव (३३), उज्ज्वल कुमार झा (३३), बदन कुमार भण्डारी (३३), झवि लाल डुम्रे (३३), सन्तोष राजवंशी (३४), दिपक कुमार साह (३४), सोम शर्मा (३४), सागर ढकाल (३४), सुनिल लम्साल (३५), खगेन्द्र सुनार (३५), बालेन शाह (३६), पुष्पा कुमारी चौधरी (३६), सुशील कुमार कानु (३६), जगदीश खरेल (३६), तोसीमा कार्की (३६), कन्हैया बनिया (३६), प्रकाश पाठक (३७), आसिका तामाङ (३७), प्रकाश गौतम (३७), हरी प्रसाद भुसाल (३७), रबिन महतो (३८), धनेन्द्र कार्की (३८), पुकार बम (३८), सुधन गुरुङ (३८), तौफिक अहमद खान (३८), कमल सुबेदी (३८), दिपक राज बोहरा (३८), लाल बिक्रम थापा (३९), रहवर अंसारी (३९), राजीव खत्री (३९), राजन गौतम (३९), सुशील खड्का (३९), विपिन कुमार आचार्य (३९), जगत प्रसाद जोशी (३९), कृष्ण कुमार कार्की (४०), गणेश कार्की (४०), पारश मणि गेलाल (४०), प्रमोद कुमार महतो (४०) र ज्ञानेन्द्र सिंह महता (४०) ।

नेपाली कांग्रेस (५ जना)–
योगेश गौचन थकाली (३२), निश्कल राई (३५), सन्दीप राना (३८), मो. फिरदोश आलम (३९) र खडक बहादुर बुढा (४०) ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले) (२ जना)–
सुहाङ नेम्बाङ (३६) र क्षितिज थेबे (३८) ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (१ जना)–
ज्ञान बहादुर शाही (३४) ।

श्रम संस्कृति पार्टी (१ जना)–
आरेन राई (२९) ।

२. समानुपातिकतर्फ निर्वाचित युवाहरू (४१ जना)
राष्ट्रिय स्वतन्त्र पार्टी (३१ जना)–
स्मृति सेन्चुरी (२५ वर्ष), खिमा वि.क. (२५ वर्ष), श्रद्धा कुँवर क्षेत्री (२७ वर्ष), पुरुषोत्तम शुभप्रभात यादव (२७ वर्ष), आकृति अवस्थी (२७ वर्ष), सृष्टी भट्टराई (२७ वर्ष), करिश्मा कठरिया (२८ वर्ष), निशा मेहता (२८ वर्ष), अनुष्का श्रेष्ठ (२९ वर्ष), क्रान्तिशिखा धिताल (२९ वर्ष), एलिजा गुरुङ (३० वर्ष), सीता बादी (३० वर्ष), अंकिता ठाकुर (३० वर्ष), अफसाना बानु (३१ वर्ष), गजाला शमीम मिकरानी (३१ वर्ष), रमेश प्रसाईं (३२ वर्ष), प्रतिभा रावल (३२ वर्ष), सरिता महतो (३२ वर्ष), गीता चौधरी (३३ वर्ष), गंगा छन्त्याल (३५ वर्ष), सुनिता कुमारी चौधरी (३५ वर्ष), राम लामा (३६ वर्ष), मिड्मा ग्याबु शेर्पा (३६ वर्ष), कृपा महर्जन (३६ वर्ष), तारा विश्वकर्मा (३६ वर्ष), भूमिका श्रेष्ठ (३७ वर्ष), रीमा विश्वकर्मा (३७ वर्ष), शोभा खनाल (३८ वर्ष), सुजाता तामाङ (३९ वर्ष), प्रभा ढकाल (३९ वर्ष), समिना मिया (३९ वर्ष) ।

नेपाली काँग्रेस – (४ जना)–
गीता गुरुङ (३० वर्ष), हरिना देवी कामी (३७ वर्ष), रेणुका काउचा (३९ वर्ष), शाहजान खातुन (४० वर्ष)

नेपाल कम्युनिस्ट पार्टी (एमाले) – (४ जना)–
एशुदा कुमारी बराल (३४ वर्ष), नीता घतानी (३७ वर्ष), रिगला यादव (४० वर्ष), यशोदा कुमारी (४० वर्ष)

श्रम संस्कृति पार्टी – (१ जना)
रुवी कुमारी (२५ वर्ष)

राष्ट्रिय प्रजातन्त्र पार्टी – (१ जना)
खुश्बु ओली (३५ वर्ष)

प्रतिक्रिया दिनुहोस्