Logo
Logo

जय ट्रफीको फाइनल आजदेखि, आर्मी र पुलिस उपाधिका लागि भिड्दै 


189
Shares

काठमाडौं । जय ट्रफी एलाइट कपको फाइनल खेल आजदेखि सुरु हुँदै छ । उपाधिका लागि दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लब प्रतिस्पर्धा गर्दै छन् ।

खेल मुलपानी क्रिकेट मैदान (माथिल्लो) मा बिहान साढे ९ बजे सुरु हुनेछ । फाइनल खेल तीनदिवसीय हुनेछ । यसअघि लिग चरणको खेल दुई दिनको भएको थियो ।

चार टोलीले प्रतिस्पर्धा गरेको जय ट्रफीमा सिंगल राउण्ड रोविनको खेलपछि आर्मी र पुलिस शीर्ष दुईमा रहँदै फाइनल पुगेका हुन् । लिग चणमा आर्मीले पुलिसलाई ९ विकेटले पराजित गरेको थियो । फाइनलमा पुलिस त्यसको बदला लिने लक्ष्यमा छ ।

जय ट्रफी फाइनलको मिति दोस्रो पटक परिवर्तन भएको हो ।यसअघि फागुन १७ देखि १९ सम्म फाइनल खेल हुने तय थियो । तर २१ फागुनको निर्वाचन र फागुन २६ देखि हुने तय भएको लिग २ सिरिजका लागि जय ट्रफी फाइनल खेल एक महिना पछाडि सार्दै चैत २१ देखि २३ सम्म खेलाइने भएको थियो ।

तर मध्यपूर्व युद्धका कारण लिग २ सिरिज नै स्थगित भएपछि नेपाल क्रिकेट सङ्घ (क्यान) ले जय ट्रफी फाइनल अघि सारेको हो ।

प्रतिक्रिया दिनुहोस्