Logo
Logo

सी जिनपिङको किताब जलाइएकोप्रति चिनियाँ दूतावासको चासो


630
Shares

काठमाडौं । मोरङको बुढीगंगा गाउँपालिकास्थित हात्तीमुडामा रहेको मनमोहन विश्वविद्यालयमा चिनियाँ राष्ट्रपति सी जिनपिङको पुस्तक ‘द गभर्नेन्स अफ चाइना’ जलाइएको विषयमा चिनियाँ दूतावासले आपत्ति जनाएको छ ।

विश्वविद्यालयका सफाइ कर्मचारीहरूले केही प्रति किताब जलाएको भिडिओ सामाजिक सञ्जालमा आएपछि नेपालस्थित चिनियाँ दूतावासले चासोका साथ परराष्ट्र मन्त्रालयमा पत्र पठाउँदै संलग्नलाई कारबाहीका लागि ध्यानाकर्षण गराएको हो । 

शनिवार राति विश्वविद्यालयमा सफाइ गर्ने क्रममा केही थान पुस्तक जलेको विश्वविद्यालयले जनाएको छ । यस विश्व विद्यालयमा केही वर्षअघि सी जिनपिङको पुस्तक ल्याइएको थियो । मनमोहन विश्व विद्यालय बन्नुअघि यहाँ पोलिटेक्निक सञ्चालनमा थियो ।

धेरैजसो किताब वितरण भएको केही अझै स्टोरमा रहेका थिए । स्टोरमा रहेका केही किताब धमिरा लागेको, केही पानीले भिजेका कारण सफाइ कर्मचारीले बिग्रिएका किताब सफाइका क्रममा जलाएको विद्यालय प्रशासनले जनाएको छ । मिडियामा आए जसरी नियतवस पूस्तक नजलाइएको र बाँकी पुस्तक  सुरक्षित राखिएको विद्यालय प्रशासनले जाएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कट्टेलले किताब जलाइएको विषयमा २४ घण्टाभित्र रिपोर्ट दिन विश्वविद्यालयलाई निर्देशन दिएका छन् । 

प्रतिक्रिया दिनुहोस्