
काठमाडौं । भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै युवाहरूले आज पनि काठमाडौँमा प्रदर्शन गरेका छन् । छिटो भन्दा छिटो जाँचबुझ आयोगको पूर्ण प्रतिवेदन सार्वजनिक गर्नुपर्ने भन्दै उनीहरूले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
उनीहरूले कार्की आयोगको पूर्ण प्रतिवेदनका साथै लाल, रायमाझी र मल्लिक आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्नुपर्ने माग गरेका छन् । नेपालमा छानविन आयोग बन्ने तर प्रतिवेदन सार्वजनिक नगर्ने देखिएकाले कार्की आयोगको प्रतिवेदन पनि सार्वजनिक नहुने हो की भन्ने उनीहरुले आशङ्का व्यक्त गरेका छन् ।
जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गरेर भदौ २३ र २४ को घटनाका दोषीलाई कडा कारबाही हुनुपर्ने उनीहरुको माग छ ।











