Logo
Logo

सुदूरपश्चिम खेलकुद र युवा परिषद्मा ११ सदस्य नियुक्त


252
Shares

कैलाली । सुदूरपश्चिम प्रदेश सरकार, सामाजिक विकास मन्त्रालयले प्रदेशका विभिन्न जिल्लाका प्रदेश खेलकुद परिषद् र प्रदेश युवा परिषद्मा सदस्य नियुक्त गरेको छ ।

The current image has no alternative text. The file name is: sudur.jpg

मन्त्रालयका सचिव डा. हेमराज रेग्मीले खेलकुद परिषद्मा आठ र प्रदेश युवा परिषद्मा तीन गरी ११ जना सदस्यलाई आज नियुक्त गरिएको जानकारी दिए ।

मन्त्रालयले खेलकुद परिषद् सदस्यमा गौरी हमाल डडेल्धुरा, चेतमान विक्रम शाह अछाम, श्यामसिंह सिनाल दार्चुला, प्रमोद मल्ल कैलाली, रुपेन्द्रबहादुर धामी डोटी, निताकुमारी खत्री अछाम, दिपजङ्ग शाही कैलाली र नवीनबहादुर सिंह बझाङलाई नियुक्त गरेको उनाले बताए ।

यसैगरी युवा परिषद्मा नरेन्द्रप्रसाद जैसी कैलाली, तुलबहादुर साउद अछाम र सङ्गीता केसी कुँवर अछामलाई नियुक्त गरिएको छ ।

यसअघि प्रदेश सरकारले युवा परिषद्को उपाध्यक्षमा गजेन्द्र साउद र खेलकुद परिषद्को सदस्य सचिवमा लोकबहादुर खड्कालाई नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्