Logo
Logo

इरानमाथि आक्रमण गरेर विश्वलाई सुरक्षित बनाएको नेतान्याहूको दाबी


0
Shares

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले इरानविरुद्धको सैन्य आक्रमणमार्फत इजरायल र अमेरिका सम्पूर्ण विश्वको सुरक्षा गरिरहेका दाबी गरेका छन् ।

उनका अनुसार इजरायली आक्रमणले इरानको सैन्य क्षमता कमजोर बनाएको छ, र तेहरानले युरेनियम समृद्धीकरण वा ब्यालिस्टिक मिसाइल उत्पादन गर्न नसक्ने अवस्था आएको दाबी गरे ।

नेतान्याहूले अभियानको उद्देश्य इरानको परमाणु र मिसाइल खतरा समाप्त गर्नु तथा इरानी जनतालाई आफ्नै भविष्य निर्धारण गर्न सक्ने वातावरण सिर्जना गर्नु रहेको बताए ।

उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग घनिष्ठ समन्वय रहेको उल्लेख गर्दै दुवै देशबीच कुनै मतभेद नभएको सीएनएनसँग दाबी गरे । साथै, इजरायलले अमेरिकालाई युद्धमा तानेको भन्ने आरोपलाई उनले भ्रामक समाचार बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्